कुरूप चन्द्रमा यसरी सुन्दर भयो [कथा]



 ब्रह्माण्डको उत्पत्तिलाई लिएर विश्वका विभिन्न समुदायमा आ-आफ्नै खालका मिथक र दन्तेकथाहरू पाइन्छन् । त्यस्तै चन्द्रमाको सुन्दरतालाई लिएर पनि विश्वका फरक-फरक समुदायमा थरीथरीका किम्बदन्तीमा आधारित रहेर लोककथाहरू लेखिएका छन् । यहाँ कुनै अज्ञात लेखकले लेखेको एउटा चिनियाँ लोककथालाई प्रस्तुत गरिएको छ । यस लोककथालाई सन् १९०८ मा मेरी हायस डेभिस र चोउ-लिउंगले चिनियाँ भाषाबाट अंग्रेजीमा अनुवाद गरेर प्रकाशित गरेको ‘चाइनिज फेबल्स एण्ड फोल्क टेल्स’ पुस्तकबाट अनुप जोशीले अनुवाद गरेका हुन् ।


बाटुलो र प्रशन्न मुहार भएको चन्द्रमा निकै सुन्दर हुन्छ । ऊ रातमा आफ्नो उज्यालोले  सारा संसारलाई नै शितल प्रकाश छर्छ । तर धेरै पहिलेको कुरा हो, चन्द्रमा अहिले जस्तो सुन्दर र चम्किलो थिएन ।

छ हजार वर्ष अगाडि चन्द्रमाको मुहार रातारात परिवर्तन भएको थियो । त्यस भन्दा अगाडि उसको मुहार यति अँध्यारो र दु:खी थियो कि कसैले पनि उसलाई हेर्न मन पराउँदैनथे । त्यसले गर्दा ऊ झन् निराश हुन्थ्यो ।

एक दिन उसले आफ्नो समस्याबारे फूलहरू र ताराहरूलाई गुनासो पोख्यो । संसारमा उनीहरू मात्रै उसका शुभचिन्तक थिए जसले उसको अनुहारमा हेर्थे ।

उसले भन्यो, ‘म अबदेखि चन्द्रमा हुन चाहन्नँ । म त एउटा तारा वा फूल हुन चाहन्छु । एउटा सानो तारा नै सही, म एउटा तारा हुन पाएको भए धेरै मानिसहरूले मलाई माया गर्ने थिए । तर म त एउटा चन्द्रमा हुँ र मलाई कसैले पनि मन पराउँदैनन् । म एउटा फूल मात्रै भएर बगैंचामा फूल्न पाएको भए सुन्दर युवतीहरू आएर मलाई आफ्नो कपालमा सिउरिन्थे र मेरो सुवास र सुन्दरताको प्रसंशा गर्थे । म कोही मानिस पनि नआउने निर्जन जंगलमै हुर्कन पाएको भए पनि, चराहरू त पक्कै आउँथे र उनीहरूले मेरा लागि सुमधुर गीतहरू गाउँथे । तर म त फगत एउटा चन्द्रमा हुँ र कसैले पनि मेरो वास्ता गर्दैन’

चन्द्रमाको यस्तो वेदना सुनेपछि ताराहरूले भने, ‘हामीहरू तिमीलाई केही मद्दत गर्न सक्दैनौं । हामी यहीं जन्मिएका थियौं र हामी कहिले पनि आफ्नो ठाउँ छाड्न सक्दैनौं । हामीलाई कहिले कसैले सहयोग गरेको पनि छैन । हामी त चुपचाप आफ्नो दायित्व निर्वाह गर्छौं । दिनभरी आफ्नो काम गर्छौं र राति भएपछि हामी आकाशलाई अझै बढी सुन्दर बनाउनका लागि चम्किन्छौँ । ’

त्यसपछि फूलहरूले मिठो मुस्कान छरे र भने, ‘हामीलाई थाहा छैन कि हामी कसरी तिमीलाई सहयोग गर्न सक्छौं । हामी सधैं संसारकी सबैभन्दा सुन्दर युवतीको बगैंचा नजिकै एउटै ठाउँमा बस्छौं । उनी निकै दयालु छिन् र सबैलाई सहयोग गर्छिन् । उनी हामीलाई निकै माया गर्छिन् र हामी पनि उनलाई धेरै माया गर्छौं । हामी उनलाई तिम्रो समस्याबारे बताउँला । उनको नाम सोनियो हो’

चन्द्रमा अझै पनि दु:खी थियो । त्यसैले एक दिन उसले सुन्दरी सोनियोलाई भेट्न गयो । र जब उसले उनलाई देख्यो ऊ एकै नजरमा प्रेममा पर्यो । उसले भन्यो, ‘तिम्रो मुहार धेरै सुन्दर छ । म कामना गर्छु कि तिमी मसँग आउँछौ र मेरो मुहार पनि तिम्रो जस्तै सुन्दर हुनेछ । तिम्रो चाल निकै कोमल र दयालु छ । तिमी मसँगै आऊ र हामी एक र पूर्ण हुनेछौं । मलाई थाहा छ कि संसारका दुष्ट मान्छेहरूले पनि तिमीलाई एकपल्ट मात्र देखे भने पनि तिमीलाई माया गर्नेछन् । मलाई भन, तिमी कसरी यति धेरै राम्री भयौ?’

‘म सधैं त्यस्ता कुराहरूको वरिपरि बसेकी छु, जो खुसी र नरम छन् र मलाई लाग्छ कि त्यसले गर्दा नै म यति असल र सुन्दर भएँ’, सोनियोले जवाफ दिइन् ।

एक वर्ष र अर्को वर्ष पनि वित्यो तर सोनियो पृथ्वीमा फर्केर आइनन् । त्यसपछि मान्छेहरूले भन्न थाले, ‘उनी सधैंका लागि गइन् । उनी चन्द्रमासँग छिन् ।’

त्यसपछि हरेक रात चन्द्रमा ती सुन्दरीलाई भेट्न जान थाल्यो । ऊ उनको झ्याल ढक्ढक्याउँथ्यो र उनी आउँथिन् । र जब उसले देख्दै गयो कि उनी कति सुन्दर र कोमल थिइन्, उनीप्रति उसको प्रेम झन्झन् बढ्दै गयो र उसलाई उनीसँग झन् धेरै समय विताउने इच्छा बढ्दै गयो ।

एक दिन सोनियोले आफ्नी आमासँग भनिन्, ‘आमा, म चन्द्रमासँगै जान चाहन्छु र सधैं उनीसँगै बस्न चाहन्छु । के तपाईं मलाई जाने आज्ञा दिनुहुन्छ?

उनकी आमाले छोरीको कुरालाई वास्ता नै गरिनन् । र सोनियोले आफ्ना साथीहरू सबैलाई सुनाइन् कि उनी चन्द्रमाको बेहुली बन्दै छिन् ।

केही दिनमा नै उनी घरबाट गइन् । उनकी आमाले उनलाई सबैतिर खोजिन् तर कतै पनि फेला पार्न सकिनन् । सोनियोकी एक साथीले उनलाई भनिन्,’ उनी त चन्द्रमासँगै गएकी छिन्’

 एक वर्ष र अर्को वर्ष पनि वित्यो तर सोनियो पृथ्वीमा फर्केर आइनन् । त्यसपछि मान्छेहरूले भन्न थाले, ‘उनी सधैंका लागि गइन् । उनी चन्द्रमासँग छिन् ।’

अहिले चन्द्रमाको मुहार निकै सुन्दर छ । ऊ प्रशन्न र उज्यालो छ र सारा संसारलाई कोमल र शितल प्रकाश छर्छ । र अझै त्यस्ता मान्छेहरू छन् जो भन्छन् कि चन्द्रमा अहिले सोनियो जस्तै भएको छ , जो कुनै बेला पृथ्वीकी सबैभन्दा राम्री सुन्दरी थिइन् ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

1 सुझाबहरु:

  1. The Tithlon Xtreme – Titanium Bars
    Tithlon Xtreme, race tech titanium aka titanium scrap price "Titanium Bars", is a brand titanium muffler new high quality, lightweight titanium chainmail bar, from titanium bays. It offers titanium sunglasses a comfortable and easy-to-use layout

    ReplyDelete