आंतोन चेखवको कथा जसलाई चोरेर वीपीले 'दोषी चश्मा' लेखे भन्ने आरोप लाग्छ


एउटा कारिन्दाको मृत्यु

आंतोन चेखव (१९८०-१९०४) एक चर्चीत रुसी नाट्यकार तथा कथाकार थिए जसलाई इतिहासकै सबै भन्दा महान् कथाकार मानिन्छ ।  प्रस्तुत छ  अनुप जोशीद्वारा  गरिएको उनको कथा  'द डेथ अफ एन अफिसियल' को  नेपाली अनुवाद ।


एक सुन्दर साँझमा सुन्दरतामा कुनै कमी नभएको न्यूनस्तरको एक सरकारी कारिन्दा इभान चेरभियाकोभ आफ्नो ओपेरा-चस्माले लेस क्लोचेस् डी कोर्नेभाइललाई हेर्दै अर्केस्ट्राको दोस्रो पंक्तिमा बसिरहेको थियो । त्यहाँ बस्दा उसले आफूलाई परमानन्दको सातौँ स्वर्गमा भएको अनुभुति गर्यो । तर अचानक (प्राय जो कोहिले पनि कथामा यो ‘अचानक’लाई पाउँछन्; लेखकहरु सही हुन्छन् – जिन्दगी अनुपेक्षित कुराहरुले भरिपूर्ण छ), उसको अनुहारमा चाउरी पर्न थाल्यो, उसका आँखाहरु यताउति घुम्न थाले, र उसले आफ्नो श्वास रोक्यो – उसले आफ्नो ओपेरा चस्मा फुकाल्यो, निहुरियो र हा-----छ्यु! उसले छ्यु गर्यो, जो तपाईंले देख्न सक्नुहुन्छ । हाछ्यु गर्न कसैलाई पनि कहीं कतै प्रतिबन्ध लगाइएको छैन । किसानहरुले हाछ्यु गर्छन्, प्रहरी प्रधानहरुले हाछ्यु गर्छन्, कहिलेकाहिँ त निजी सचिवहरुले समेत हाछ्यु गर्छन्; हो, सबैजनाले हाछ्यु गर्छन् । चेरभियाकोभ कुनै बुद्धिमत्ताले पनि लज्जित भएको थिएन; उसले आफ्नो नाक आफ्नो रुमालले पुछ्यो र कतै मेरो हाछ्युले कसैलाई अवरोध त पुर्याएको छैन भन्ने निश्चित गर्न विनम्रतापूर्वक झट्ट आफ्नो वरिपरी हेर्यो । र त्यसपछि उसले आफू बेकारमा डराएको रहेछु भन्ने महसुस गर्यो । उसले देख्यो कि एउटा बुढो मान्छे जो प्रथम पंक्तिमा उसको अगाडि बसिरहेको थियो, आफ्नो तालु र घांटीको पछाडिपट्टिको भागलाई पीडादायी तरिकाले उसको पन्जाले पुछिरहेको छ र केही फतफताईरहेको छ । यस्तैमा चेरभियाकोभले यी बुढा मान्छे राजमार्ग विभागका जर्नेल ब्रिजियालोभ रहेछन् भन्ने पहिचान गर्यो ।

“मैले उनीमाथी हाछ्यु गरें!’ चेरभियाकोभले सोच्यो । ‘उनी मेरो हाकिम त होइनन् तैपनि यो अशिस्ट कुरा भयो । मैले क्षमायाचना गर्नैपर्छ ।’

चेरभियाकोभले आफ्नो घाँटी सफा गर्यो, आफूलाई अगाडि तर्फ सार्यो अनि जर्नेलको कानमा साउती मार्यो, ‘म क्षमा चाहन्छु, सरकार; मैले मौसुफमाथि हाछ्यु गरें, मैले दुर्घटनावश-‘

‘चिन्ता नगर, चिन्ता नगर-‘

‘स्वर्गको लागि मलाई क्षमा गरिबक्स्योस् । मैले – मैले त्यसो गर्न खोजेको होइन-’

‘ए, कृपया बस त! अगाडि के भनिरहेको छ मलाई सुन्न देऊ ।’

चेरभियाकोभ असमन्जस्यताले व्याकुल भयो । उसले मूर्खतापूर्वक मुस्कुरायो र स्टेजतर्फ हेर्न थाल्यो । उसले त्यतातिर हेर्यो तर अब परमानन्दको अनुभूति गर्न छाड्यो । उसलाई चिन्ताले सताउन थाल्यो । अर्को मध्यान्तरमा ऊ ब्रिजियालोभतर्फ गयो, उनको छेवैमा हिड्यो र आफ्नो काँतरतालाई पराजित गर्दै बर्बरायो: ‘मैले सरकारमाथि हाछ्यु गरें । मलाई क्षमा गरिबक्स्योस् । देखिबक्स्योस्, मैले – त्यस्तो गर्न खोजेको-‘

‘ह्या, यो त अत्ति भयो! मैले त्यसलाई अघि नै बिर्सिसकें, र तिमी त्यहि यौटै कुरालाई दोहोर्याइरको छौ ।’ जर्नेलले आफ्नो तल्लो ओंठ घुमाउदै अधैर्यतापूर्वक भने ।

‘उनले भन्न त त्यसलाई बिर्सिसकें भनेर भने तर उनको आँखामा द्वेष छ’, जर्नेलतर्फ सन्देहपूर्वक हेर्दै चेरभियाकोभले मनमनै सोच्यो । ‘उनी बोल्दासमेत त बोल्दैनन् । मैले उनलाई व्याख्या गर्नैपर्छ कि मैले त्यसो गर्न खोजेको थिइनँ – हाछ्यु गर्नु त प्रकितिको नियम हो – नभए उनले सोच्नेछन् कि मैले उनलाई थुकें । उनले अहिले त्यस्तो सोचेको छैनन् भने पनि पछि त पक्कै सोच्नेछन् ।’

घर पुगेपछि चेरभियाकोभले आफ्नी श्रीमतीलाई आफ्नो अशिष्टताको बारेमा बतायो । उसलाई लाग्यो जे हुन गयो त्यसलाई उसकी श्रीमतीले निकै अविनीत तवरले बुझी । शुरुमा ऊ शतर्क मात्र भएकी थिई, जब उसले थाहापाई कि ब्रिजियालोभ उनीहरुको हाकिम होइनन् तब उसले आश्वस्त महसुस गरी ।

‘फेरी पनि तपाईंले गएर क्षमायाचना माग्नुपर्छ’, उसले भनी । “उनले यो सोच्न सक्छन् कि तिमीलाई समाजमा कसरी व्यवहार गर्ने भन्नेबारे थाहा छैन ।’

त्यो त्यति नै हो! मैले माफी मागी सकेको छु, तर उनले निकै उत्सुकतापूर्ण व्यवहार देखाए; उनले केही पनि अर्थराख्ने कुरा भनेनन् । फेरी, हुन त त्यो बेला वार्तालापको लागि कुनै उपयुक्त समय पनि त थिएन ।
भोलिपल्ट चेरभियाकोभले दाह्री खौरियो, कहिल्यै नलगाएको नयाँ पोशाक लगायो र ब्रिजियालोभलाई सबै कुराको स्पष्टीकरण दिन्छु भनेर निस्कियो । जर्नेलको वैठक कोठामा प्रवेश गर्दा उसका आखाँ त्यहाँ उपस्थित अनुनयकर्ताहरुको ठूलो भीडमा पर्यो । र तिनीहरुको बीचमा जर्नेल थिए, जसले आफ्नो स्वागत कार्यक्रम शुरु गरिरकेका थिए । आफ्ना धेरै अनुनयकर्ताहरुलाई सोधपुछ गरिसकेपछि उनले आफ्ना आँखा चेरभियाकोभतिर उठाए ।

‘सरकार, हजुरले सम्झीबक्सेको छ भने, हिजो ओपेरामा-‘, सानो कारिन्दाले शुरु भन्न गर्यो, ‘मैले छ्यु गरें र दुर्घटनावश तपाईंलाई त्यसको छिटाहरु पर्यो । मलाई मा-‘

‘कस्तो वकवास! तँलाईं सडेको! मैले तेरो लागि के गर्न पर्यो?’

‘उनी मसंग बोल्दैनन्!’, निलो हुँदै चेरभियाकोभले सोच्यो । ‘उनी रिसाएका छन् । मैले उनलाई स्पष्टीकरण दिनुपर्छ-‘

जब जर्नेल अन्तिम अनुनयकर्तासंग आफ्नो वार्तालाप सकेर भित्रिकक्षमा जान लागेका थिए, चेरभियाकोभ उनीसामू लम्कियो र बर्बरायो, ‘सरकार, यदि मैले हजुरसमक्ष विन्ती चढाउन सक्छु भने, म यहाँलाई पश्चतापको भावनाले आश्वास्त पार्न चाहन्छु । मैले जानीजानी त्यस्तो गरेको होइन । सरकारले बुझिदिबक्स्यो कि-‘
जर्नेलले उदास अनुहार बनायो र आफ्नो हात हल्लायो ।

‘तिमी मसंग केवल जिस्किँदै छौँ!’ ढोकाभित्र हराउँदै उनले भने ।

‘उनले भने कि म जिस्किरहेको छु!’ चेरभियाकोभले सोच्यो । ‘तर यसमा त जिस्किनुपर्ने केही पनि कुरा थिएन । उनी जर्नेल हुन् र उनले त्यो देख्न सक्दैनन्1 तर त्यस्तो अवस्था नरहेकोले, म ती गैरजिम्मेवार व्यक्तिसंग पुनश्च क्षमायाचना गर्ने छैन । बरु म उनलाई एउटा चिठी लेख्छु, तर अब म यहाँ फेरी आउनेछैन । म फेरी आएँ भने त म झुण्ड्याइने छु!’

घरतिर फर्किदै गर्दा चेरभियाकोभले यस्तै कुराहरु सोच्यो । उसले जर्नेललाई त्यो चिठी लेखेन । उसले सोचेको सोच्यै गर्यो र जीउज्यान लगाएर जति सोच्दा पनि उसले पटक्कै केही पनि लेख्न सकेन । भोलिपल्ट ऊ आफै जानुपर्नेभयो र सबै कुराको बेलिबिस्तार लगाउनेपर्ने भयो ।

‘मैले सरकारलाई दुख दिन हिजो आएको थिएँ’, जर्नेलले उसलाई प्रश्नवाचक तवरले हेरीरहँदा उसले गुनागुनायो । ‘ सरकारको जिकिर सही थियो तर म जिस्किने मनशायले भने आएको थिइनँ । मैले किन त्यस्तो हिम्मत गर्थें र? जिस्किनु भनेको त मौसुफमाथी सम्मान नदेखाउनु भन्ने हुन्छ – त्यो त-‘

‘बाहिर निस्की!’ अचानक चिच्याउँदै जर्नेल गर्जिए ।

‘हजुर, के? त्रासले अचेतजस्तो भएको चेरभियाकोभले सुस्केरा हाल्यो ।

‘बाहिर निस्की’ खुट्टा बजार्दै जर्नेलले दोहोर्याए ।

चेरभियाकोभको छातीमा केही कुरा जोडले फुटेको जस्तो भयो । केही कुरा पनि देख्न वा सुन्न नसक्ने भई ऊ ढोकामा ठोक्किदै त्यहाँबाट बल्लतल्ल घिस्रिदै बाहिर निस्क्यो । यन्त्रवतरुपमा घर पुगेपछि, ऊ आफ्नो पोशाक नखोलिकनै सोफामा पसारियो – र मर्यो ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

3 सुझाबहरु:

  1. Toto-inspired Toto hits “를로를튀” in the new 2018 hit 카지노 카지노 ラッキーニッキー ラッキーニッキー 445Jackpot Slots: Play online slot machines payouts

    ReplyDelete
  2. Reusable water bottles are a key companion for eco-conscious travelers and outdoor enthusiasts. By cutting down on single-use plastics, they help reduce environmental impact and limit waste. Opting for a sturdy, reusable bottle supports sustainable habits while reflecting responsible choices.
    Top-quality travel bottles are built to last, encouraging repeated use over many years instead of frequent replacement. This focus on durability not only benefits the planet but also provides long-term value for the user, making the purchase both practical and purposeful.
    https://colornjoy.com/products/spooky-doll-halloween-water-bottle-coloring-activity
    https://colornjoy.com/products/dragon-adventure-water-bottle-kids-coloring
    https://colornjoy.com/products/space-crew-coloring-water-bottle-kids-educational-toy
    https://colornjoy.com/products/hedgehog-explorer-coloring-water-bottle-outdoor-toys

    ReplyDelete