आमा तिमीलाई मेरो मायाको सलामी


-अनुप जोशी


आमा तिमीलाई मेरो मायाको सलामी
छामेर हेर ढुकढुकी मेरो तिम्रै छ निसानी


रित्तिदै गयौ - मलाई काँखमा राखी अमृत पिलायौ
झुठो छ संसार- यो सँग लड्न तिमीले साहस दिलायौ
आमा तिमीलाई सुम्पिन्छु यो सारा जिन्दगानी
छामेर हेर ढुकढुकी मेरो तिम्रै छ निसानी


हरेक पलमा सम्झन्छु तिमीलाई तिमी नै हुन खोज्छु
छाडेर गयौ मेरो यो दुनियाँमा तिमी नै तिमी देख्छु


आमा तिमीलाई यो छोरीको सलामी
छामेर हेर ढुकढुकी मेरो तिम्रै छ निसानी


Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment