टामलेन (डब्ल्यु. डब्ल्यु. ज्याकब्स्)



कथाकार एवंम् उपन्यासकार विलियम विमार्क ज्याकब्स् उनको छोटो नाम डब्ल्यु. डब्ल्यु. ज्याकब्स्ले विश्वसाहित्यमा परिचित छन् । उनका धेरैजस्ता लेखनहरू व्यंग्यात्मक हुने भए पनि उनी १९०२को आफ्नो भूत-प्रेतसमबन्धि कथा 'द मंकिज प'ले गर्दा विश्वप्रसिद्ध छन् । उनको यस छोटो कथामा आधारित रहेर भुषण दाहालले निर्देशन गरेको नेपाली चलचित्र 'कागवेनी' पनि बनेको छ । प्रस्तुत छ अनुप जोशीले अनुवाद गरेको उनको कथा 'टामलेन' को नेपाली अनुवाद:


युवा टामलेन राजा मुर्रेका सुपुत्र थिए र बर्ड जेनेट मार्चका राजा डनबारकी सुपुत्री थिइन् । र जब उनीहरू जवान भए, उनीहरू एकअर्कालाई बेस्मारी प्रेम गर्थे र एकअर्काबाट कहिल्यै नछुटिने भनेर वाचाबद्ध गरेका थिए । तर जब उनीहरूको बिहे गर्ने बेला नजिकिदै आयो, टामलेन अचानक वेपत्ता भए र उनी कहाँ छन् के गर्दैछन् भन्नेबारेमा कसैलाई पनि थाहा हुन सकेन ।

उनी वेपत्ता भएको धेरै दिनपछिको कुरा हो, उनको यादमा वेचैन बनेकी बर्ड जेनेट जंगलमा भौतारिरहेकी थिइन् । उनलाई त्यस जंगलमा नजान चेतावनी दिइएको भए पनि त्यसलाई वेवास्ता गर्दै गएकी थिइन् । यताउती भौतारिदै गर्दा उनले त्यहाँका बुट्यानहरूबाट फूल टिप्न थालिन् । अन्त्यमा उनी सुनाखरीको विरुवा नजिकै आइन् र त्यसको फूल टिप्न सुरु गरिन् । उनले तीनवटा मात्रै फूलहरू के टिपेकी थिइन्, अचानक उनको छेउमा टामलेन प्रकट भए ।

‘टामलेन, तिमी कहाँबाट आइपुग्यौ?’, बर्ड जेनेटले भनिन्, ‘र तिमी किन यति लामो समयसम्म टाढा गएका थियौ?’

‘म एल्फहरूको राज्यबाट आएको हुँ’, युवा टामलेनले भने । ‘एल्फ राज्यकी महारानीले मलाई आफ्नो संरक्षक बनाएकी छिन्’

‘तर तिमी कसरी त्यहाँ पुग्यौ, टामलेन?’, बर्ड जेनेटले सोधिन् ।

‘म एकदिन सिकार खेलिरहेको थिएँ । जसै म वाइडरसिन पहाडमा पुगें, मलाई एकदमै चक्कर लागेजस्तो भयो र म वेहोस भएँ । जब म ब्युझिएँ, अहो! म त एल्फहरूको राज्यमा पो पुगेको रहेछु । त्यो ठाउँ निकै राम्रो र हर्षोल्लासपूर्ण नै छ तर त्यहाँ एउटा डरलाग्दो कुरा छ । हरेक सात वर्षमा एल्फहरू पाताल देवतालाई बली चढाउँछन् र मलाई डर लागिरेहेको छ कि उनीहरूले मलाई नै बली दिनेछन्’

म एकदिन सिकार खेलिरहेको थिएँ । जसै म वाइडरसिन पहाडमा पुगें, मलाई एकदमै चक्कर लागेजस्तो भयो र म वेहोस भएँ । जब म ब्युझिएँ, अहो! म त एल्फहरूको राज्यमा पो पुगेको रहेछु ।

हे भगवान! के तिमी त्यहाँबाट भाग्न सक्दैनौ? मैले केही गरेर तिमीलाई बचाउन सक्छु भने भन टामलेन ! म तिम्रो लागि जे पनि गर्न तयार छु’

‘मलाई बचाउने एउटा मात्रै उपाय छ, जेनेट । भोलि हलोइनको रात हो, र भोलि एल्फहरूको राजसभा इंग्ल्यान्ड र स्कटल्याण्डको यात्रामा निस्कनेछ । र यदी तिमीले मलाई एल्फ राज्यबाट बाहिर ल्याउन चाहन्छौ भने तिमी त्यस रातको ठीक १२ देखि १ बजेभित्रमा माइल क्रस नदीमा आएर हातमा पवित्र जल लिएर आफ्नो वरिपरी पवित्र जलको परिधि निर्माण गर्नुपर्छ’

‘तर मैले त्यति धेरै योद्धाहरूको बीचमा कसरी तिमीलाई चिन्नेछु, टामलेन?’, बर्ड जेनेटले सोधिन्, ‘मैले कहिले पनि त्यस्तो देखेको छैन’

‘सबैभन्दा पहिला आउने एल्फहरूको फौजलाई पार हुन देउ । त्यसपछि आउने दोस्रो फौजलाई तिमी ध्यानपूर्वक हेर तर केही पनि नगर । तर त्यसपछि आउने तेस्रो फौज सबैभन्दा मुख्य फौज हुनेछ । त्यसको अग्रपंक्तिमामा सम्पूर्ण एल्फ राज्यकी महारानी सवार हुनेछिन् । र म उनसँगै तारा भएको मुकुट लाएर आउनेछु । उनीहरूले मलाई इसाई योद्धा भएकाले यो पदवी दिएका छन् । त्यतिबेला मेरा हातहरू हेर जेनेट, मैले दायाँ हातमा पन्जा लगाएको हुनेछु र बाँया हात भने खुला नै हुनेछ । यति कुरा विचार गर्यौ भने तिमीले मलाई चिन्नेछौ, जेनेट’

‘तर मैले तिमीलाई कसरी बचाउन सक्छु टामलेन?’, जेनेटले सोधिन् ।

‘तिमी अचानक आएर मसँग ठोक्किनु पर्छ र त्यसपछि म भुइँमा लड्नेछु । त्यसपछि मलाई झट्ट समातिहाल र ममा जस्तोसुकै परिवर्तन आए पनि मलाई नछोड । उनीहरूले आफ्ना सबै जादू ममा लगाउन खोज्नेछन् र उनीहरूले मलाई तात्तातो फलामको डल्लो बनाइदिने छन् । मलाई खोलामा फ़ालिदेऊ र म पुन: मान्छेमा रुपान्तरण हुनेछु । र त्यसपछि मलाई तिम्रो पवित्र जल छर्किदेऊ र म सधैंका लागि तिम्रो भएर यो संसारमा फर्किनेछु ।

बर्ड जेनेटले टामलेनका लागि यी सबै कुराहरू गर्ने वाचा गरिन् र अर्को रातको मध्यतिर उनी माइल क्रस खोला नजिकै गएर बसिन् र आफ्नो वरिपरि पवित्र जल छर्केर परिधि बनाइन् ।

उनीहरूले मलाई तात्तातो फलामको डल्लो बनाइदिने छन् । मलाई खोलामा फ़ालिदेऊ र म पुन: मान्छेमा रुपान्तरण हुनेछु । र त्यसपछि मलाई तिम्रो पवित्र जल छर्किदेऊ र म सधैंका लागि तिम्रो भएर यो संसारमा फर्किनेछु ।

त्यसलगतै पहिलो एल्फहरूको फौज काला घोडाहरू चढेर आयो र अगाडि बढ्यो । त्यसपछि खैरा घोडा चढेर अर्को फौज आयो । दुधजस्तै सेता घोडा चढेर आएको तेस्रो फौजमा भने उनले एल्फ राज्यकी महारानीलाई देखिन् । र उनीसँगै मुकुटमा तारा भएको एउटा योद्धा पनि थिए जसले एउटा हातमा मात्र पन्जा लगाएका थिए । त्यसपछि उनले तुरुत्नै चिनिहालिन् कि यी नै उनको प्रिय टामलेन हुन् । त्यसपछि वेगमा उनी त्यतातर्फ अघि बढिन् र जोडले टामलेन सवार सेतो घोडाको लगाम खिचिन् र टामलेनलाई भुइँमा लडाइन् । उनी भुइँमा मात्रै के छोएका थिए, उनले घोडाको लगामबाट हात हटाइन् र आफ्नो प्रेमीलाई अँगालोमा कसिन् ।

‘अहो! ऊ विजयी भयो र उसले हामी सबैलाई हराउन लाग्यो’, राक्षसी फौज आक्रोशमा चिच्यायो । सबैजना बर्ड जेनेट भएतिर आए र आफ्नो सबै जादूमन्त्र लगाएर युवा टामलेनलाई जादूको दुष्चक्रमा पार्न खोजे ।

पहिले उनीहरूले जेनेटको अँगालोमा बसेका उनलाई वरफको डल्लामा परिणत गरे र त्यसपछि गज्रदो आगोको विशाल लप्कामा बदलिदिए । त्यसपछि फेरी आगो गायब भयो र उनको अंगालोमा एउटा सर्प चलमलाउन थाल्यो । तर अझै पनि उनले सहिरहिन् । सर्पले उनलाई डस्नका लागि गज्रदै उनको टाउकोतिर फर्क्यो । तर उनी डेग पछि सरिनन् । त्यसपछि उनको अंगालोमा एउटा ढुकुर छटपटाउन थाल्यो र झन्डै उँड्न लाग्यो । त्यसपछि उनीहरूले टामलेनलाई राजहाँसमा रुपान्तरण गरिदिए तर त्यो पनि विफल भयो । अन्त्यमा उनीहरूले उनलाई एउटा तात्तातो फलामको डल्लोमा परिणत गरिदिए । र त्यसलाई उनले तुरुन्तै पानीमा फालिदिइन् र उनी भर्खर जन्मेजस्तो नाङ्गो पुरुषमा रुपान्तरित भए । त्यसपछि उनले झट्टै उनको वरिपरि पवित्र जल छर्किदिइन् । र त्यसपछि टामलेन र बर्ड जेनेट सधैंका लागि एकअर्काको भए ।

टामलेन आफ्नो पन्जाबाट फुत्किएपछि पराजित एल्फहरूकी महारानी र राजसभा त्यहाँबाट गए । बर्ड जेनेट र युवा टामलेन आफ्नो घर फर्के र केही दिनमै उनीहरूको धुमधामसँग विहे भयो |

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

1 सुझाबहरु:

  1. How to login to the casino site - ChoEgaCasino
    Before we look at the casino site to find out more about this gambling site, let's take a quick How to Login to the Casino Site?How 카지노사이트 do I sign in 바카라 사이트 to the Casino 제왕카지노 site?

    ReplyDelete