मनको खाली कोठा





मेरो मनको सबैभन्दा महत्वपुर्ण कोठा
अब खाली छ ।

त्यो सुकोमल मलमलको तन्ना
जहाँ प्रेमिल स्पर्श हुन्थ्यो
अब ध्वजा-ध्वजा भएर खुइलिसकेको छ
र त्यो जब्बर सालको खाट मक्कीसकेको छ
कि अब धमिराहरु पनि अघाएर अन्तै बसाई सरेका छन्

हामीले जम्मा गरेका चिजबिजहरुको
अब अस्थिपन्जर पनि बाँकी छैन
चारैतिर जालो खिचेर वाक्क-दिक्क
माकुराहरु पनि कुनै दूरदेशमा प्रस्थान गरिसकेका छन्

कहिले काहिँ अचाक्ली छट्पट्टीएर
म (बारम्बार?) त्यो कोठाको संघारसम्म पुग्छु
र एक्कासी भासिन्छु यौटा भयानक निर्जिबतामा
कि त्यहाको जर्जर माटोले मेरो खुट्टाबाट रगत बग्छ
अनि म चुपचाप फर्कन्छु

मेरो मनको सबैभन्दा महत्वपुर्ण कोठा
अब खाली छ
कि तिमी अब अन्त कतै बसाई सरिसकेकी छ्यौ !






Share on Google Plus

About Anup Joshi TV

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment