दसैंको दक्षिणा - Anup Joshi

           दसैंको दक्षिणा

- Anup Joshi

        दसैंको टीका थाप्ने सुभ साइतमा आएर सँधै मेरो मन भने उदासिन भावनाको दलदलमा जाकिन्थ्यो । कारण थिए– मेरा चार दिदीहरु जसलाई सबैले टिकाटालो लगाएर पैसा दिएको देख्दा मेरो मन भित्र आगो सल्किसकेको हुन्थ्यो । आफुले भने निधारै भारी हुने गरी टीका लगाइदिने हजुरबुवा, हजुरआमा, बुवा, आमाहरुलाई जबरजस्ती सितैंमा ढोगिदिनुपथ्र्याे । कान्छी दिदी मेरै उमेरको भएकाले होला उसँग धेरै मिल्थें । हामी सँगै गाउँभरी टीका थाप्न जान्थ्यौं । उसलाई सबैले टीका लाएर पैसा दिन्थे , ढोगिदिन्थे । तर मलाई भने कसैले पैसा दिदैँनथे । उल्टै बुबाआमाले जस्तै गन्हाएका खुट्टा पसारेर ढोग्ने आज्ञा दिन्थे । यस कुरालाई लिएर म निकै रुन्थें र बुवाले फकाउँदै भन्नुहुन्थ्यो– “दिदी त अर्काको घरमा विहे गरेर जाने जात भएकाले पो सबैले दक्षिणा दिएको त। पछि गएर आखिर सबै सम्पत्ति तिम्रै त हो नि ö ”
        तिहारमा त म झनै बढी पिल्सिन्थें । कारण–मैले नै टीका लगाइदिएर बुवाले दिएको सबै पैसा दिदीहरुलाई दिनुपथ्र्याे । एकादशी , संक्रान्ति, जस्ता जुनसुकै चाडपर्व आएपनि दिदीलाई मात्रै टीका लगाएर पैसा मिल्थ्यो । मलाई त यस्तो लाग्थ्यो कि छोरी भएर जन्मन पाएको भए मसँग पनि कत्ति धेरै पैसा हुन्थ्यो। अनि मलाई पनि सबैले देवी भनेर खुट्टामा ढोगिदिन्थे।
       तर आठ–नौ वर्ष जति लागेपछि भने मलाई छोरा हुनुमा नै रमाइलो लाग्न थाल्यो। कारण–मेरा सबै लुगा दिदीहरुले धोइदिन्थे। मैले भात खाएर थालमै चुठिदिन्थें र त्यो थाल उठाएर दिदीहरुले माझ्थे। यस्तै दिदीहरुलाई जस्तो घाँस काट्न , खाना पकाउन आमालाई सघाउन मलाई लगाइएन। चार वटा छोरी–छोरी जन्मेपछि जन्मेको छोरो भनेर घरमा आउने आफन्तहरुले पनि दिदीहरुलाई भन्दा मलाई नै धेरै माया दिन थाले । उनीहरुले दिने मायाको सूचक थियो–मलाई मात्र ल्याइदिने चक्लेट,बिस्कुट । एकदिन आमाले काखमा राखेर सुम्सुमाउँदै भन्नुभयो– “मेरो प्यारो छोराö तिमी आएदेखि मेरो जीवनै उज्यालो भएको भएको छ । तिमी पनि छोरी भएर जन्मेको भए त मलाई घरबाटै निकाल्थे होलान् । अर्की बिहे गर्नेसम्मको धम्की दिएका थिए ।” म अवाक् भएँ । आमाको आँखामा आँशु टिलपील–टिलपील गरिरहेका थिए । लाग्यो–म आमाको जीवन उद्दार गर्न आएको मसिहा नै थिएँ ।
        जेठी दिदीको बिहे हुँदा म दश वर्ष जत्तिको मात्रै थिएँ होला। बुवाले केटा राम्रो घर–परिवारको छ, चुरोट–रक्सी केहि खाँदैन, काठमाण्डौंमा जागिर खान्छ भनेर दिदीको बिहेको निर्णय गर्नुभएको रेö बिहे हुनेभनेको दुईचार दिन अघि देखिन् दिदी एक्लै कोठामा टोलाएर बस्न थालेकी थिइन्। कहिलेकाहिँ सुक्कसुक्क आवाज सुनिन्थ्यो। भेट्न चाहने आफन्तहरुसित पनि खासै बोल्न रुचाउँदिनथिन्। बिहेको दिन बेलुका दिदीलाई घरमा नदेखेपछि मैले आमालाई सोधें–“दिदी खै?” आमाले भन्नुभयो–“विवाह गरेर दिएपछि त दिदी भिनाजुको भैहालि निö अब ऊ भिनाजुकै घरमा बस्छे। ” मलाई माया गर्ने दिदी अन्त कतै गएकाले मेरो मनमा सारै नरमाईलो लाग्यो। केहि दिन पछि सारी–चोलो लगाएर अफ्ट्यारो पाराले हिँड्दै दिदी भिनाजु भन्ने मान्छेसँग आईन् । दुल्हन फर्काएर उनी फेरी भिनाजुकै घरमा जाने भन्ने थाहा पाएपछि मलाई भाउन्न भयो। अनि मैले दिदी लुगा फेर्न कोठामा पसेको मौका छोपेर ढोकामै चुक्कुल लार्ईदिएँ। तेसपछि भिनाजु र आमाबुवाले मलाई धेरै फकाएर ढोका खोल्न बाध्य बनाउनुभएको थियो।
      म पन्ध्र वर्षको हुँदा मलाई घरबाट धेरै टाढा विराटनगरमा बोर्डिङ स्कुलमा दश कक्षामा पढाइदै थियो। माइली दिदीको पनि विवाह भैसकेको थियो। कान्छी र साहिँली दिदी जिल्लाकै सरकारी क्याम्पसमा पढ्दै थिए। दसैं मनाउन भनेर म पनि घर फर्केको थिएँ। यो पल्ट पनि मैले सबैको हातबाट टीका थापें, सबैलाई निहुरिएर ढोगें। तर यसपाली बानी परेर हो कि बुझेर हो मलाई दक्षिणा नपाउनुको कुनै दुखः लागेन। मैले अब बल्ल बुझ्न थालेको थिएँ हाम्रो समाजमा छोरा र छोरीबीच कत्ति विघ्न भेदभाव छ भनेर। कसरी छोरीमान्छेलाई यहि समाजले देवी, बेश्या र बोक्सीको पगरी भिराउँछ भनेर। कहिलेकाहिँ त आमालाई छोरा जन्माइन भनेर हेलाँ गर्ने आफ्नै पितालाई पनि अपराधीजस्तो कुरुप देख्न थालें।
       मैले विस्तारै धर्म, परम्परा, साहित्य बुझ्दै गएँ। सँधै पुज्दै आएको भगवान कृष्णलाई पनि पीडक जस्तो देख्न थालें र छाडिदिएँ पुजा गर्न,ब्रत बस्न। मनुस्मृति जस्ता कथित धर्मशास्त्रहरुले नारीलाई दासी र पुरुषलाई मालिक बनाएको छरपष्ट हुन थाल्यो मलाई। अनि त एकदिन जलाईदिएँ मनुस्मृति।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment