खुम्चाएर ब्रहमाण्डलाई (कविता)

 खुम्चाएर ब्रहमाण्डलाई


म कामना गर्छु
कि खरबौं वर्षदेखि फैलिँदै आएको ब्रम्हाण्ड 
अब अचानक फैलिन रोकियोस् 
र "बिग क्रन्च"मा पुगेर खुम्चन थालोस्।

त्यसपछि "बिग ब्याङ" देखि एकैदिशामा अगाडि बढेको
समयको आयाम पनि खुम्चन थाल्नेछ। 
अनि संसारमा चमत्कारहरु देखिनेछन्।

भर्खरै जन्मेको बच्चा 
पुन: आफ्नो आमाको गर्भभित्र विलुप हुन जानेछ।
टुथपेस्टबाट निस्केको मञ्जन पनि फर्किएर भित्रै जानेछ।
अनि क्रमश: भूकम्प र अरु कारणले मरेका व्यक्तिहरु 
मसानबाट जागेर जिवित हुनेछन्।
समय यस्तरी उल्टो गतिमा हिँड्नेछ 
कि खोलाहरु सुस्ताउँदै उकालो चढ्नेछन् 
र हिमालसम्मै पुग्नेछन्।

अनि मेरी मायालु म तिमीसम्म आइपुग्नेछु। 
हामी एकअर्कालाई अंगाल्नेछौं , 
चुम्नेछौँ र फेरि मायाको संसारमा हराउनेछौँ।
मैले अहिले याद ठानेर हरक्षण सम्झिरहेका तरंगहरु
त्यसपछी वर्तमान हुनेछन्।

ए व्रह्माण्ड !
तिमी किन खुम्चन थाल्दैनौ?
के तिमीलाई "बिग ब्यांङ" को यादले छट्पटी हुँदैन?
जसरी मलाई मेरी मायालुको यादले हुन्छ। 
Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment